सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा युवा क्लबले जित्यो ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ को उपाधि

२०७८ कार्तिक ११, ११:४१ खबर संवाददाता

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिका -१ को शुक्लाफाँटा युवा क्लबले ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ को उपाधि जितेको छ। वडा नम्बर १ को गौडी खेल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नम्बर ७ सुडालाई २४ रनले पराजित गर्दै शुक्लाफाँटा युवा क्लबले उपाधि जितेको हो।

पहिला ब्याटिङ गरेको शुक्लाफाँटा युवा क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो। वडा नम्बर १ का लागि कृष्ण बिष्टले सर्वाधिक ३२ रनको योगदान गरे भने, आकाश पुरीले २२ रन बनाए। वडा नम्बर १ का क्षितिस, विवेक बोहरा र अभिषेक बुढाऐरले  २–२ विकेट लिए। त्यस्तै कृष्ण बिष्ट, रोशन नाथ र आशिष बुढाले समान १–१ विकेट लिए।

१६२ रनको विजयी लक्षसहित मैदान उत्रिएको वडा नम्बर ७ सुडाले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। उसका लागि दीपक चन्दले ७१ रनको योगदान गरे भने, राजेन्द्र बिष्टले १९ रन बनाए। वडा नम्बर ७ का लागि निरिष त्रिपाठी र बसन्त भट्टले २–२ विकेट लिए भने, रोशन भाट र तिलक बोहराले समान १–१ विकेट लिए।

उपाधि विजेता शुक्लाफाँटा युवा क्लबले नगद १ लाख १ सय जितेको छ भने, उपविजेतामा सिमित वडा नम्बर ७ सुडाले नगद ५० हजार ५० मा चित्त बुझाएको छ। फाइनल खेलमा कृष्ण बिष्ट म्यान अफ द म्याच घोषित भए। त्यस्तै दिलिप धानुक बेस्ट ब्याट्स म्यान, सुरज ऐरी बेस्ट बलर र दीपक बोहरा प्लेयर अफ द सिरिज घोषित भए।

वेदकोट नगरपालिका १ स्थित आदर्श युवा समाजले  दशैँ तथा दिपावलीको अवसरमा असोज २० गतेदेखि आयोजना गरेको नगर स्तरीय क्रिकेट प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका थिए।
 

कमेन्ट लोड गर्नुस