सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

२०७८ कार्तिक ११, १०:३१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१० टोटी (त्रिरपुरेश्वर) का ५५ वर्षीय श्रीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

थ्रेसर गर्न जाने क्रममा से१त १३१४ नम्बरको ट्रयाक्टरबाट खसेर उनी घाइते भएका थिए।  उनको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा बुधवार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। 

ट्रयाक्टर र ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस