सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक वडाध्यक्षको निधन

२०७८ कार्तिक ११, १०:०६ खबर संवाददाता

धनगढी: बझाङमा एक वडाध्यक्षको निधन भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका –३ का वडाध्यक्ष नरबहादुर बोहराको आज बिहान निधन भएको हो।

गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराका अनुसार दमका बिरामी रहेका उनको डडेल्धुरा अस्पतालमा निधन भएको हो। उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

कमेन्ट लोड गर्नुस