सुदूर नेपाललाई विश्वसँग जोड्दै

अल्मुताइरीले अझै तीन वर्ष नेपाली फुटबल टोलीको प्रशिक्षण सम्हाल्ने

२०७८ कार्तिक १०, ०४:०४ खबर संवाददाता

काठमाडौंः नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी नै रहने भएका छन्। अल्मुताइरीले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै आफूले अझै तीन वर्षको लागि सम्झौता गरेको जानकारी दिएका छन्।

अल्मुताइरीले लेखेका छन्, 'एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि मैले तीन वर्षका लागि सम्झौता गरेको छु।' उनको एक वर्ष पूरा हुनै बाँकी छ। अल्मुताइरीले अगाडि लेखेका छन्, 'म अबको दुई वर्षको योजना म चाडै सार्वजनिक गर्नेछु। म नेपाली फुटबललाई राम्रो बनाउने बाचा गर्दछु। तर, त्यसका लागि मलाई केही समय दिनुहोला।'

अल्मुताइरीले नेपाली शुभचिन्तकले दिएको माया निकै महत्त्वपूर्ण भएकाले नेपाल फर्कन बाध्य भएको उल्लेख गरेका छन्। नेपाली फुटबल प्रेमीले अल्मुताइरीलाई रूचाएका छन्। हुन पनि अल्मुताइरीकै प्रशिक्षणमा नेपाल २८ वर्ष लामो संघर्षपश्चात् साफ च्याम्पियनसिपको उपविजेता बन्न सफल भएको छ। 

कमेन्ट लोड गर्नुस