सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गैँडाको आक्रमणबाट एक जना घाइते

२०७८ कार्तिक १०, १२:११ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। बुधबार बिहान बेलौरी नगरपालिका–४ का बलराम राना घाइते भएका हुन्। बेलौरीको मैनाहा लामिताल नजिक रानालाई गैँडाले आक्रमण गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेशकुमार यादवले बताए। 

घाइते रानाको इसान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। यो आक्रमण भएको पहिलो घटना भएको निमित्त प्रमुख यादवले बताए। 

कमेन्ट लोड गर्नुस