सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा गिरावट

२०७८ कार्तिक १०, १२:०१ रासस

काठमाडौँ: नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला ६०० ले घटेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ।

पहेँलो धातु मङ्गलबार प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार १०० तोकिएको थियो।

त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० कायम भएको छ। चाँदी मङ्गलबार प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस