सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जरोकिलो पार्टीको ३५ सदस्यीय जिल्ला समिति गठन

२०७८ कार्तिक ९, ०६:०२

धनगढीः कञ्चनपुरमा मौलिक जरोकिलो पार्टीले ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ। प्रवेश केसीको अध्यक्षतामा ३५ सदस्यीय कञ्चनपुर जिल्ला समिति गठन गरिएको हो। पार्टीका जिल्ला तदर्थ समिति संयोजक केसीको अध्यक्षतामा आयोजित भेलाबाट उक्त समिति गठन गरिएको हो।

नव गठित समितिको उपाध्यक्षमा हेमराज चटौत र गीता बाग रहेका छन्। त्यस्तै सचिवमा राजेन्द्रसिंह साउँद, सह-सचिवमा निर्मला साउँद, कोषाध्यक्षमा यज्ञराज ओझा, सह कोषाध्यक्षमा सीता जोशी भट्टलाई चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा कर्ण बहादुर चन्द, सुरेन्द्रसिंह साउँद, अनिल जोशी, जगदीश विष्ट, पावनप्रसाद भट्ट, किशोर जोशी, निशा पन्त, प्रतिभा विष्ट, राजबहादुर टेर, कृष्णदत्त जोशी, पुजा कलौनी, प्रेम चन्द, नन्दलाल पाल, गोविन्द औजी, मोहन सार्की, नरेश जोशी, रोशन भट्ट, आत्माराम चटौत, पुष्करसिंह ठकुराठी, रुपनारायण भट्ट, परमानन्द भट्ट, हेमराज बडू, किशोर केसी, छोटेलाल राना, रामसिंह चौधरी, रामचन्द्र पाण्डेय, दानी सार्की र पदमबहादुर सार्की रहेको जरोकिलो पार्टीले जनाएको छ।

कमेन्ट लोड गर्नुस