सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँमा जारी उप–मेयर कप महिला फुटबलका लागि कञ्चनपुरको टीम प्रस्थान

२०७८ कार्तिक ९, १२:२४ खबर संवाददाता

धनगढी: काठमाडौँमा जारी राष्ट्रिय नगरस्तरीय उप–मेयर कप महिला फुटबलका लागि कञ्चनपुरको टीम काठमाडौं प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा कार्तिक ४ गतेदेखि सञ्चालित राष्ट्रिय नगरस्तरीय उम–मेयर कप महिला फुटबल प्रतियोगितामा जिल्लाको वेदकोट नगरपालिकाको टीम सोमबार काठमाडौं प्रस्थान गरेको हो।

वेदकोटको टीममा निलम सिंह, अस्मिता चौधरी, विनिता कुमारी बोहरा, शिवाङ्गी स्नेही, विपना स्नेही, गायत्री मल्ल, सीता रोकाया, निलम ओखेडा, भावना पातली, शोभा क्षेत्री, यशू पाण्डेय, मनिषा ओखेडा, कान्ति पातली, पुष्पा पाण्डेय, तुलसी पातली, पूजा पातली, आशिका थापा, पुष्पा सिंह, पवित्रा दमाई र अनिता भट्ट रहेका छन्। जसमा टिमको कप्तानको जिम्मेवारी निलम सिंहलाई दिइएको छ भने प्रशिक्षकमा वकिल बहादुर सिंह, लोक बहादुर पातली, व्यवस्थापकमा नगर प्रवक्ता नरेश बहादुर सिंह रहेका छन्।

सोमबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले सो महिला टिमलाई बिदाई गरेका हुन्। नगरपालिकाको टीमको पहिलो खेल बराह क्षेत्र नगरपालिका सुनसरीसँग कार्तिक ११ गते १२ बजे हुने र दोस्रो खेल गौरीगंगा नगरपालिका कैलालीसँग कार्तिक १३ गते १२ बजे ललितपुरस्थित एन्फा कम्प्लेक्स खेलमैदान हुनेछ। प्रतियोगितामा कैलालीबाट धनगढी उपमहानगरपालिका, गोदावरी, जानकी र गौरीगंगा नगरपालिका गरी चार वटा टीमको सहभागिता रहेको छ भने कञ्चनपुरबाट एउटा मात्र टीमको सहभागिता रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस