सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमी मेरी हौ मैले मानेर के हुन्छ

२०७८ कार्तिक ९, १०:३२

तिमी मेरी हौ मैले मानेर के हुन्छ ।
पराइकी प्यारी आफ्नै ठानेर के हुन्छ ।।
अझै नि तिम्रो दिलमा मेरो प्रेमको फूल ।
फक्रेको छ या ओइलायो जानेर के हुन्छ ।।
अर्कैको सामित्यताको बन्धन अब तिम्रो ।
अतित सम्झी तिम्रो हात तानेर के हुन्छ ।।
भत्किसके मनका सारा रहरहरु अब ।
भावि त्यो नौलो संसार छानेर के हुन्छ ।।
तिमी मेरी हौ मैले मानेर के हुन्छ ।
पराइकी प्यारी आफ्नै ठानेर के हुन्छ ।।
-नवीन पाण्डेय, डडेल्धुरा

कमेन्ट लोड गर्नुस