टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानद्धारा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित
२०७८ कार्तिक ९, ०७:४३
काठमाण्डौ– आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी भएको छ। सारजाहमा भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो।
अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो।
कमेन्ट लोड गर्नुस