सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘म्युजिकल नाइट २०२१’ आयोजना हुने

२०७८ कार्तिक ८, ०९:३० खबर संवाददाता

धनगढीः बहुउद्देश्यीय सांस्कृतिक समाजको आयोजनमा धनगढीमा ‘म्युजिकल नाइट २०२१’ आयोजना हुने भएको छ। कार्तिक १० गते साँझ ६ बजे देखि राती १० बजेको समयमा आयोजना हुन गइरहेको उक्त कार्यक्रम नैनादेवी मन्दिर नजिक रहेको खुल्ला मञ्चमा हुने आयोजक समूहले जनाएको छ। कार्यक्रममा गायन तर्फ, चन्द्र चौधरी, सुरेन्द्र सिंह, दोर्जे द भाईब, सुरेन्द्र खड्का, विकास बोहरा, दिनेश भट्ट, तुलसी बोहरा र टेकराज पन्तको प्रस्तुति रहने छ।

त्यस्तै, कमेडियन दीपेन्द्र ओलीको समेत प्रस्तुति रहने सो कार्यक्रममा प्रशान्त सिंह ठाकुरको व्याण्ड र सागर ओझा लगायतका स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस