सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण

२०७८ कार्तिक ८, ०७:१२ रासस

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नौ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ तथा १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १० तथा खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

प्रदेशमा पछिल्लो समय २० महिलासहित ४३ जना सङ्क्रमणमुक्त भएका छन्। कोरोनाबाट सो अवधिमा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस