सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ बर्षपछि व्यवसायीद्धारा चाहेको व्यवसायीलाई नेतृत्व दिन सक्ने भएकोले तत्काल निर्वाचनको प्रक्रिया अगाडी बढाउन माग

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन प्रसंग

२०७५ पुष ५, ११:०७ सीताराम ओझा

कैलाली उद्योग वाणिज्य संघको सदस्यता छानविन सकिएर वास्तविक व्यवसायीको छाता संगठनका रुपमा अगाडी बढेका वेला निर्वाचको मिति तत्काल तोकेर अगाडी बढ्न माग हुन थालेको छ । आठ बर्षपछि व्यवसायीले चाहेकै नेतृत्व व्यवसायीकै मतले छान्न पाउने वातावरण सिर्जना भएकोले निर्वाचनको प्रक्रिया तत्काल अगाडी बढाउन माग हुन थालेको हो । निर्वाचनको प्रक्रिया अगाडी वढेकै वेला सहमतिको लागि प्रयास गर्न सकिने भएकोले यसतर्फ पनि ध्यान दिन व्यवसायीहरुले संघको नेतृत्वमा आउन चाहने व्यवसायीलाई सुझाव दिएका छन् । जतिसक्दो चाँडो निर्वाचनको प्रत्रिया अगाडी वढाउँदै सम्पन्न गरेर सुदुरपश्चिमको पर्वका रुपमा रहेको सुदुरपश्चिम महोत्सवलाई माघ महिनाभित्रै सम्पन्न गर्न पनि व्यवसायीले दवाव दिन थालेका छन्  । 

१६ बर्ष अगाडी कैलाली उद्योग वाणिज्य वाणिज्य संघमा सहमतिका रुपमा नेतृत्ज चयन हुँदै आएकोमा त्यसमा दुई तीन कार्यकाल पदमै वसिरहने परिपाटीको विकास भएपछि पछिल्ला बर्षहरुमा निर्वाचनको प्रक्रिया मार्फत नेतृत्व चयन हुँदै आएको थियो । तर त्यसमा पनि पछिल्ला आठ बर्षमा नक्कली व्यवसायी बनाएर पनि संघको पदाधिकारी हत्काउने गलत प्रवृति हावी भएपछि हाल आएर उच्च अदालतको आदेशपछि सुधारको प्रयास हुन थालेको छ । यसअघि ५ हजार ९ सय ९० सयदस्य रहेको संघमा अव दुई हजार आठ सय सदस्य वनेका छन् । सुरुमा भएका सदस्यहरुबाट मात्रै छानविन गर्ने भनिएकोमा पछि आएर भने नवीकरण छुटेका, नयाँ दर्ता हुन चाहेका सवैलाई समेटेर छानविनको काम भयो । आठ बर्षसम्म भएको नक्कली सदस्यको हालीमुहालीले संघ प्रति नैराश्यता वढ्नु, सदस्य नवन्नु र नविकरण नगरेकोले पनि यसो गर्नु परेको हो । तर अव व्यवसायीहरुकै मात्रै भोटले त्यो पनि चाहेको व्यवसायीलाई मतदान गरेर संघको नेतृत्वमा पुराउन सकिने अवस्था आएकोले अव तत्काल निर्वाचनको प्रक्रिया सुरु गर्न माग आईरहेका वेला संघको नेतृत्वमा आउन चाहनेहरु पनि यसको पक्षमा देखिएका छन् । निर्वाचन प्रक्रिया छिटो सम्पन्न भएर माघभित्रै महोत्सव हुनुपर्ने पक्षमा रहेको यसअघिको साधारण सभामा अध्यक्ष पदमा उम्मेदवारी दिएका पुष्प कुँवरले बताए । 

गत वैशाखमा हुन लागेको निर्वाचन साधारण सभा उच्च अदालतको आदेशले रोकिएपछि नक्कली सदस्यता हटाएर वास्तविक व्यवसायीलाई मात्रै सदस्य बनाउने काम भएपछि अव भने व्यवसायीको हितमा संघ सष्क्रिय हुने आशा पलाएका वेला निर्वाचनको प्रक्रियालाई अगाडी वढाउन व्यवसायीहरुको दवाव पनि वढिरहेको छ । ११ बर्षदेखि सुदुरपश्चिमको पर्वको रुपमा हुँदै आएको सुदुरपश्चिम महोत्सव पनि यसपाली निर्धारित समयमा हुन नसकेपछि निर्वाचन प्रक्रिया सम्पन्न गरेर महोत्सव आयोजना गर्ने जिम्मेवारी नयाँ आएको नेतृत्वमा रहने भएकोले नेतृत्वका आकांक्षीहरु पनि निर्वाचन छिटो हुनुपर्ने पक्षमा रहेका छन् । निर्वाचन चाँडो भएपनि सहमतिका लागि निर्वाचनको प्रक्रियामा गएपछि नहुने यसअघिको साधारण सभामा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रुपेश स्वारले जानकारी  दिए । 

संघको चुनावी साधारण सभालाई लिएर वास्तविक व्यवसायी व्यग्र प्रतिक्षा गरिरहेका वेला दुई वटा प्यानल वाहेक तेस्रो समुहको रुपमा पनि केही व्यवसायीहरु समहतिको कसरतमा लागेका छन् । सवैलाई समेटेर जानुपर्ने भन्दै तेस्रो समुहको रुपमा अगाडी वढेकै वेला सहमतिका लागि समय दिएर मात्रै निर्वाचनको प्रक्रिया अगाडी वढाउने लविङ गर्दै समहतिका लागि कसरत र दौडधुप गरिरहेका छन् । तर निर्वाचनको प्रक्रियामा गएपछि सहमति गराउने समय वढि राखेर सहमतिका लागि प्रयास गर्न सकिने अवस्था रहँदा पनि त्यसले सार्थकता नपाउने भएकोले अहिले नै सहमतिको काम गर्नु परेको तेस्रो समुहका लागि सक्रिय व्यवसायी रविनकान्त पन्तले बताए । 

यसअघि नक्कली सदस्य बनाएर संघको नेतृत्व छानिने गरेकोमा अव भने चाहेकै नेतृत्व छान्न पाउने भएपछि व्यवसायीहरु हर्षित भएका छन् । उनीले आफ्नो मताधिकारको प्रयोग जतिसक्दा चाँडो गर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् । त्यसैले पनि निर्वाचनको प्रक्रिया अगाडी वढाउँदै निर्वाचन तालिकामा दावी विरोध वा फिर्ता लिने लिन लगाउने समय वढाएर निर्वाचन कार्य तालिका वनाउन उपयुक्त हुने आवाज पनि उठिरहेको छ । सहमतिका नाममा निर्वाचन ढिलो गराउँदा निर्वाचन प्रक्रियामा कोही कसैले उम्मेदवारी दिएमा त्यो सहमति नहुने भएकोले निर्वाचनकै विचमा सहमतिको लागि वाटो खोज्ने र निर्वाचन पछि आएको नेतृत्वलाई माघ भित्रै महोत्सव गराउनका सहयोग गर्नुको विकल्प छैन् । 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस