सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा ८ सय परिवार विस्थापित

फोटो: दिपक चन्द
फोटो: दिपक चन्द
२०७८ कार्तिक ८, १२:५४ खबर संवाददाता

धनगढी : अविरल वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नम्बरमा १० मा ८ सय घरपरिवार विस्थापित भएका छन्। महाकाली र जोगबुडा नदीको बाढी बस्तीमा पस्दा ती घरहरुमा भएको सम्पूर्ण अन्नपात  नष्ट भएको र पशुचौपायामा समेत क्षति भएको नगरप्रमुख वीरबहादुर सुनारले बताए।

बाढी पसेको घरहरुमा लेदो र बालुवा पसेको कारण बस्न अझै समस्या भइरहेको नगर प्रमुख सुनारले बताए। विस्थापित परिवारलाई राहत दिन तथ्यांक संकलन भइरहेको नगर प्रमुख सुनारले बताए। विस्थापितहरुको स्कुलमा अस्थाइ वासस्थानको व्यवस्था मिलाइएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस