सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७८ कार्तिक ८, ०७:४७ खबर संवाददाता

काठमाण्डौ – आइतबार भिटामिन ’ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ।

पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ’ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

देशभरका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ’ए’ र २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ। 

कमेन्ट लोड गर्नुस