सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकप : भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

२०७८ कार्तिक ८, ०५:३७ खबर संवाददाता

काठमाडौं: टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको छ। भारतको १५२ रनको लक्ष्य पाकिस्तानी टीमले १७.५ ओभरमा एक विकेट गुमाएर प्राप्त गरेको थियो।

मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र बाबर आजमले ५२ बलमा ६८ रन बनाए। आजसम्म पाकिस्तानले विश्वकपको कुनै पनि खेलमा भारत बिरुद्ध जित दर्ता गरेको छैन। यो पाकिस्तानको ऐतिहासिक जित हो।

पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

प्रारम्भिक असफलता पछि, भारतीय टीमका कप्तान विराट कोहली र ऋषभ पन्तले यसमा ठूलो भूमिका खेले। कोहलीले ५७ र पन्तले ३९ रन बनाए।

१५२ रनको लक्ष्य पाउन पहिलो ओभर पाकिस्तानी टिमको लागि राम्रो थियो। ओपनर मोहम्मद रिजवानले भुवनेश्वर कुमारको पहिलो ओभरमा १० रन लिए।

कमेन्ट लोड गर्नुस