सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँचसय ५७ सङ्क्रमित थपिँदा ८७७ जना सङ्क्रमणमुक्त

२०७८ कार्तिक ७, ०९:३७ रासस

काठमाडौँ: बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८७७ जना सङ्क्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्यसंस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा  ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। छ हजार ६१ जनाको ‘पिसिआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टीजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना सङ्क्रमित भेटिएका हुन्। 

देशभर १० हजार २०१ जना सक्रिय सङ्क्रमित रहेका, २२० जना क्वारेन्टिनमा रहेका तथा पछिल्लो २४ घण्टामा देशभर सात हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका उक्त मन्त्रालयले जनाएको छ। सोही अवधिमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३४८ पुगेको छ। आइतबारसम्मको तथ्याङ्कअनुसार आठ लाख नौ हजार ५६ जना सङ्क्रमित भएका छन् भने सात लाख ८७ हजार ५०७ जना सङ्क्रमणमुक्त भएका छन्। 
 

कमेन्ट लोड गर्नुस