सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद

२०७८ कार्तिक ७, ०७:५७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरिया र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो। 

कृष्णपुर नगरपालिका वडा नम्बर ५ हरियाली सामुदायिक बन र भिमदत्त नगरपालिका पसुपति टोल नजिकबाट भन्सार कपडा,सुदर्सन,कमल बिडी र नरिवल गरी अन्दाजी मुल्य  १ लाख ५० हजार ८५० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाउको छ। बेवारिसे अवस्थामा फेला परेका सामान आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस