कञ्चनपुरमा तास खेलिरहेका ९ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले तास खेलिरहेका अवस्थामा ९ जना पक्राउ गरेको छ। शुक्लाफाटा नगरपालिका ८ बस्ने २७ वर्षीय नरेन्द्र ठगुन्नाको घरमा तास खेलिरहेको अवस्थामा ठगुन्नासहितका ९ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार ४ सय ३० रुपैयाँ सहित पक्राउ जनाईएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।