सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक घरमा आगलागी, लाखौँको क्षति

२०७८ कार्तिक ७, ०५:२५ रासस

बाजुरा: जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ महतीमा शनिबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ । सोही गाउँपालिका–३ महतीका स्थानीय कार्तिके ल्वारको घरमा आगलागी भएको हो। आगलागीबाट घर जलेर पूर्णरुपमा क्षति हुनाका साथै सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले बताए।  

आगलागीबाट ल्वारको घरमा रहेको अन्नपात, लुगा, कपडा, भाँडाकँुडासहित तीन लाख जलेर नष्ट भएको स्थानीय कोपिला सिंहले बताए। क्षतिको विवरण नआएकाले केकति भयो भन्नेबारे भन्न नसकिने प्रहरी निरीक्षक नाथले बताए। दिउँसो १ बजेतिर भान्छाबाट आगो सल्केर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। 

कमेन्ट लोड गर्नुस