सुदूर नेपाललाई विश्वसँग जोड्दै

पलसँगको सम्बन्धबारे बोलिन् समीक्षा, ‘मैले यो अपेक्षा गरेको थिइनँ’

२०७८ कार्तिक ७, १२:४१ खबर संवाददाता

काठमाडौंः गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताएकी छन्। केही दिनदेखि मिडिया आफ्नो र पलकाबीच सम्बन्ध रहेको भन्दै विभिन्न समाचार बन्न थालेपछि उनले यो स्पष्टीकरण दिएकी हुन्। पलसँग जोडेर आफ्नो विषयमा बनाइएको समाचारले आफूलाई निकै दुखी बनाएको उनले सामाजिक सञ्जालमार्फत बताएकी छिन्। उनले पल आफ्नो अभिभावक भएको समेत जिकिर गरेकी छिन्। 

‘पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यू सँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन्। यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले अगाडि लेखेकी छन्, ‘समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर आएका छन्। जसले मेरो चरित्र हत्या भएको छ। यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिएको छ। यसो नगर्नुहुन अनुरोध गर्दछु।’ उनले अगाडि भनेकी छन्, ‘समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ। यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ।’ उनले केही सञ्चारमाध्यमले बनाएको समाचारप्रति तीव्र असन्तुष्टि जनाउँदै भनेकी छिन्, ‘मैले यो अपेक्षा गरेको थिइनँ।’

पल र समीक्षाको प्रेम सम्बन्धपछि विवाद उत्पन्न भएको भन्दै समाचार बाहिरिएपछि उनले यस्तो स्पष्टीकरण दिएकी हुन्। 

कमेन्ट लोड गर्नुस