सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ मा १०८ मा सङ्क्रमण

२०७८ कार्तिक ६, १०:३७ रासस

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रममण पुष्टि भएको छ।

सङ्क्रमितमा पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा पाँच, उदयपुर र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको हो। स्थानीय तहअनुसार मोरङको विराटनगरमा ४९, कटहरीमा दुई, बूढीगङ्गा र ग्रामथानमा एकरएक सुनसरीको इटहरीमा १४, धरानमा नौ, झापाकोे विर्तामोड र मेचीनगरमा दुईरदुई, दमकमा एक, उदयपुरको बेलका र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
    
प्रदेशमा आजै ६२ महिलासहित १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस