सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटक बनाएर १ लाखसम्म जित्ने अवसर, यस्तो बनाउनुपर्ने छ भिडिओ

२०७८ कार्तिक ६, ०५:५६ खबर संवाददाता

काठमाडौं : ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेले ८ हजारदेखि १ लाख पुरस्कार जित्ने भएका छन्। ‘ट्रि इन्टरटेन्मेन्ट’ नामक टिकटकमा सार्वजनिक यस गीतका क्लिपहरूमा भिडियो बनाएर पुरस्कार जित्न सकिनेछ। भिडियो पोष्ट गर्दा आयोजकले तोकेको ह्यासट्याकहरू दिनुपर्नेछ। प्रतियोगिता कात्तिक २२ गतेसम्म चल्ने बताइएको छ। 

प्रतियोगीताको विजेताले १ लाख पुरस्कार पाउनेछन्। यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौँ हुनेले २० हजार, छैटौँ हुनेले १५ हजार, सातौँ हुनेले १२ हजार, आठौँ हुनेले १० हजार, नवौँ हुनेले ८ हजार र दशौँ हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन्।

कमेन्ट लोड गर्नुस