सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन प्रतितोला ३०० ले वृद्धि

२०७८ कार्तिक ४, १२:०२ रासस

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम भएको छ। 

छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० मा कारोबार हुनेछ। बुधबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ ले बढेर आज एक हजार २६० पुगेको छ। चाँदी बुधबार प्रतितोला एक हजार २३५ मा कारोबार भएको थियो।

कमेन्ट लोड गर्नुस