सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवा दीपायलमा, जनप्रतिनिधि र स्थानीयसँग लिए क्षतिबारे जानकारी

२०७८ कार्तिक ४, ११:५० खबर संवाददाता

काठमाडौं: बाढीपहिरोबाट पुगेको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्। तय भएको तालिका अनुसार सुरुमा  निरीक्षणका लागि उनी डोटीको दीपालय पुगेका हुन्।

दीपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्। सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्।

आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ। भने २४ जना अझै बेपा छन्। यस्तै १६ जना घाइते भएको तथ्यांक छ। 

कमेन्ट लोड गर्नुस