सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा पहिरोले घर पुरियो

२०७८ कार्तिक ३, ०१:०१ खबर संवाददाता

बैतडी: बैतडीको पुर्चौडी नगरपालिका–६ त्रिकालीमा अविरल वर्षापछि गएको पहिरोले एक घर पुरिएको छ। मंगलबार गएको पहिरोमा स्थानीय बसन्ती साँउदको घर पुरिएको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका संयोजक कर्णबहादुर कुँवरले बताए।

पहिरोमा घर पुरिँदा खाद्यान्न, लत्ताकपडा र सरसमानसहित ५ लाख बराबरको धनमाल क्षति भएको बताइएको छ।  

कमेन्ट लोड गर्नुस