सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमाथिको मोटरेबल पुल बाढीले बगायो

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ३, ०९:०३ खबर संवाददाता

धनगढी: आइतबार रातिदेखिको वर्षाका कारण आएको बाढीले सेती नदीमाथिको मोटरेबल पुल बगाएको छ। बझाङको तलकोट गाउँपालिका ३ र ५ को रातापानीस्थित सेती नदीमाथि निर्माण गरिएको मोटरेबल पुल नदीमा पानीको बहाब बढेर बगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी चौकी मेलबिसेना बझाङबाट प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टको कमाण्डमा ४ जनाको टोली खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले पठाएको बुलेटिनमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस