सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा खोलाले बगाउँदा महिलाको मृत्यु

२०७८ कार्तिक २, ०६:५३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो।

घर नजिकै रहेको खोलाबाट पाईपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए। खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताए।  अहिले सकायल चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस