बैतडीको ढुंगाडमा नदी पस्यो
धनगढीः बैतडीको ढुंगाडमा नदी पसेको छ। जिल्लाको सिगास गाउपालिका–५ को ढुंगाड बस्तीका नदी पसेको हो।
लगातारको वर्षाले सेती नदीको बहाब बढेर खेत हुदै बस्तीमा पसेको स्थानीयले जनाएका छन्। वडा अध्यक्ष रामबहादुर धामीका अनुसार केहि स्थानीय नजिकैको विद्यालय भवनमा बसेका छन् भने केही टापुमा फसेका छन्।
ढुंगाडका स्थानियहरु उद्धारको पर्खाइमा रहेका छन्। जिल्लामा सञ्चार सेवा पनि अवरुद्ध हुँदा जिल्ला प्रसासन कार्यालय तथा प्रहरी कार्यालयमा सम्पर्क हुन सकेको छैन।