अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव हुने
कैलालीको अत्तरियामा यसबर्ष पनि सुदूरपश्चिम प्रादेशिक महोत्सब हुने भएको छ। आयोजक अत्तरिया उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरि पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सब हुने जानकारी दिएको हो। समृद्ध प्रदेशको आधार कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ महोत्सव आयोजना हुने अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए। महोत्सव आयोजनाका लागि विभिन्न समिति उपसमितीहरु बनाएर तयारी भईरहेको उनले बताए । सुदूुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी गोदावरीमा बनाउने निर्णयको स्वागत गर्दै सो निर्णयलाई तत्काल कार्यान्वयन गराउन महोत्सवबाटै दबाव दिने निवर्तमान अध्यक्ष ललित रोकायाले बताए । महोत्सवमा १ सय ५० ओटा विभिन्न स्टलहरु रहने आयोजकले जानकारी दिएको छ। महोत्सव अवधिभर साढे ३ लाख दर्शकहरुले अवलोकन गर्ने र साढे ३ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष देबकोटाले बताए ।