सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

२०७८ असोज ३१, ०६:०४ रासस

काठमाडौं: ‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि  बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन्। विश्वका युवा पुस्ताका चर्चित र अनुभवि  बक्सरलाई  मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन्। जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आज सम्पन्न  ४९ औँ सस्करणको सो  प्रतिस्पर्धामा अन्तराष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई  परास्त गरेका थिए।  उनीहरु दुवै  ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्। 
    
‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले  सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिएका छन्। जापानको चर्चित  सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो। अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन्।

प्रशिक्षक  देवका अनुसार नेपाली खेलाडी‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो। उनका अनुसार खेलाडी अविरलले गत चैतमा जापानको टोकियो शहरमा  सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए। उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए। यसैगरी उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा  जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए।

कमेन्ट लोड गर्नुस