आइसिसी टी-२० विश्वकप आजदेखि सुरु हुँदै
सातौं आइसिसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। क्वालिफाइङ चरणको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत ओमानको अल अमारतमा ओमान र पपुवा न्युगिनीबीच खेल हुँदा दोस्रो खेलमा बंगलादेश र स्कटल्यान्ड प्रतिस्पर्धा गर्ने छन्।
ओमान क्वालिफाइङ राउन्डमा स्थान बनाउने अन्तिम टिम हो। उसले हङकङलाई पराजित गर्दै टी २० विश्वकपमा स्थान बनाएको हो। दोस्रोतर्फ पपुवा न्युगिनिको टिमले पनि राम्रो तयारी गरिरहेको छ। सुरूवाती दिनको दोस्रो खेलमा बंगलादेशले स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ। समूह बीबाट यी दुवै टिम मुख्य प्रतियोगितामा पुग्ने आँकलन गरिएको छ।