सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका प्रशिक्षकको आक्रोश, ‘साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो’

तस्बिर : एन्फा
तस्बिर : एन्फा
२०७८ असोज ३०, ०१:४४ खबर संवाददाता

धनगढी : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दक्षिण एसियाली फुटबल महासंघ साफले फाइनल खेलमा लगाएको प्रतिबन्धप्रति आक्रोश पोखेका छन्। प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन्।

अलमुताइरीले आफ्नै नियमको उल्लंघन गर्दै अन्यायपूर्ण निर्णय गरेको बताउदै भने,  ‘मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ। खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन। साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो। भारतका प्रशिक्षकले रातो कार्ड पाए भनेर मलाई कारबाही गर्नु उचित भएन।’

उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताए।

प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो। साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ। तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो।
साफ च्याम्पियनसिपको उापधिका लागि नेपालले शनिबार राति भारतको सामना गर्दैछ। माल्दिभ्सको राजधानी मालेमा हुने फाइनल खेल राति ८स्४५ बजे सुरु हुनेछ। 

कमेन्ट लोड गर्नुस