बैतडीको डिलाशैनीस्थित सोलार सिँचाइमा तोडफोड
धनगढीः बैतडीको डिलाशैनीस्थित सोलार सिँचाइमा तोडफोड भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ चौंसेरामा रहेको सोलार पम्प सिँचाइमा तोडफोड भएको हो। चौंसेराको पूर्णिमा कृषि फार्मको सोलार सिँचाइको प्यानलहरुमा शुक्रबार अज्ञात व्यक्तिले क्षति पुर्याएको स्थानीय किसान देबेन्द्रबहादुर मालले दिनेशखबरलाई बताए।
प्रदेश कृषि निर्देशनालय डोटीको ५० प्रतिशत अनुदामा ५ लाखको लगानीमा गत वर्ष निर्माण गरिएको सोलार पम्प सिँचाइबाट चौंसेराका १५ परिवारले करिब ३० रोपनीमा सिँचाइ गर्ने गरेको मालले बताए।