सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आज ऐतिहासिक फाइनलमा भिड्दै

२०७८ असोज ३०, ११:१६ खबर संवाददाता

धनगढी : नेपाल आज भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ। नेपाल साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुगेको यो पहिलो पटक हो। 

नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता हुनेछ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन। फाइनलमा दुवै टिमका प्रशिक्षक ‘डगआउट’ मा हुने छैनन्। नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन। 

एक प्रकारले दुवै दर्शक हुनेछन्। दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन् ।

कमेन्ट लोड गर्नुस