सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक पुरुषको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७८ असोज ३०, १०:३६ खबर संवाददाता

धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा शव फेला परेको हो।

स्थानीयले शनिबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार शव करिब ४० वर्षीय पुरुषको रहेको छ। थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ।  

कमेन्ट लोड गर्नुस