सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका प्रशिक्षक अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध

२०७८ असोज ३०, १०:२३ खबर संवाददाता

धनगढी : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन्। प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले शनिबार भारतविरुद्ध हुने फाइनल खेलमा उनीमाथि प्रतिबन्ध लगाएको हो। 

फाइनलमा प्रशिक्षक ‘डगआउट’ मा हुने छैनन्। नेपालका अल्मुताइरीले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन। एक प्रकारले दर्शक हुनेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार गर्दै प्रतियोगिता नियमावलीअनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ। साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको बुझिएको छ। साफको नियमावलीमा भने अफिसियललाई दुई फरक खेलको पहेंलो कार्डमा प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छैन।
 

कमेन्ट लोड गर्नुस