सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खस्यो

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २८, ०५:४६ खबर संवाददाता

धनगढी: बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खसेको छ। बिहीबार जिल्लाको पाटन नगरपालिका -८ आरुबाटामा बैतडीबाट महेन्द्रनगरतर्फ गइरहेको ना६ख ९६७२ नम्बरको बसमाथि ढुङ्गा खसेको प्रहरीले बताएको छ।

बसमाथि ढुङ्गा खस्दा बसमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका -१४ की २० वर्षीया बिमला भट्ट घाइते भएकी छिन्। उनलाई खोड्पे स्वास्थ्य चौकीमा उपचारपछि महेन्द्रनगर पठाइएको अस्थायी ट्राफिक पोष्ट खोड्पेले जनाएको छ। 

कमेन्ट लोड गर्नुस