सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्र बमको ‘ओ मेरी भाउजु’ ट्रेन्डिङ्ग २ मा

२०७८ असोज २८, ०४:३१ खबर संवाददाता

धनगढीः गायक तथा मोडेल चक्र बम र गायिका लक्ष्मी आचार्यको नयाँ गित ‘ओ मेरी भाउजु’ बोलको गित युट्युवको २ नम्बर ट्रेन्डिङ्गमा पुगेको छ। युट्युव आइतबार सार्वजनिक भएको उक्त गितको म्युजिक भिडियोलाई ४ लाख भन्दा बढी हेरेका छन्। 

गितमा सुदूरपश्चिमको डोटेली शब्द प्रयोग भएका छन्। उक्त गितमा चक्र बमकै सङ्गीत र शब्द रहेको छ। एरेन्ज कृष्ण बिक, मिक्सिङ श्यामस्वत रसाइलीले गरेका छन्। म्युजिकको निर्देशन मौसमी हिमाली र सम्पादक प्रविन भट्टले गरेका हुन्। 

लोकप्रिय अभिनेत्री करिष्मा मानन्धर, चक्र बम, करिष्मा ढकाल र जेरी भण्डारीले अभिनय गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस