सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीले पद त्यागको घोषणा गर्दै भने 'अब कहिल्यै नेपाल फर्किने छैन'

२०७८ असोज २८, ०६:२७ खबर संवाददाता

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागको घोषणा गरेका छन्। 

‘‘अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ। ममाथि धेरै अरोप लाग्यो। हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो। त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन्। एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ उनले भने। 

‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ। हामी प्रशिक्षक हौँ। नोकर होइन। हामी परिवार हौँ। हामी मानव हौँ। हाम्रो बच्चाहरू छन्। मैले त्यो मिडियालाई सोधेँ। म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन। प्रशिक्षक हुँ। फुटबल विकासका लागि नेपाल आएको हुँ। मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए। म इतिहास रच्न चाहन्छु। त्यो आज पूरा भएको छ। अब हामी शनिबार फाइनल खेल्नेछौँ। यो मेरो अन्तिम खेल हुनेछ। त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन,’’ अल्मुताइरीले भने। 

आज नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्थान बनाएको छ। नेपालले साफ च्याम्पियनपसिपको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो।


 

कमेन्ट लोड गर्नुस