सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुला बजारमा बिजुली बिक्री नगर्न भारतको चेतावनी

२०७८ असोज २७, १०:५९ खबर संवाददाता

काठमाण्डौ – भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ।

कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला सङ्कट गहिरिँदा कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर गर्ने देखिएको छ। कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगलाई बढी जोड दिँदा बिजुलीको माग बढिरहेको छ।

कतिपय राज्यमा घण्टौँसम्म बिजुली जाने समस्या देखिन थालेको छ। सरकारी कोइला कम्पनी कोल इन्डिया लिमिटेडले पर्याप्त मात्रामा कोइलाको आपूर्ति नभएको जनाएपछि बाहिरी देशबाट पनि कोइला मगाउनका लागि अनुमति प्रदान गरेको छ।  

बिहार राज्यले पछिल्लो पाँच दिनमा निजी क्षेत्रसँग बिजुली किन्नका लागि भनेर अग्रिम ९० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ। यसबाट बिहारमा ५ हजार ५ सय मेगावाटको पिक आवरको लोड धान्ने विश्वास गरिएको छ।  

कमेन्ट लोड गर्नुस