सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैँको अष्टमीको दिन कञ्चनपुरका थारु समुदाय ढिक्री पूजा गर्दै

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २७, ०८:२० रासस

कञ्चनपुरः कञ्चनपुरका थारु समुदाय देउता जगाउनका लागि अष्टमीका दिन ढिक्री पूज्ने कार्यमा सङ्लग्न भएका छन् । घरका मूली महिला र पुरुषले दिनभर व्रत बसी ढिक्री पूज्ने कार्य गर्दै आएका छन् ।

देउतालाई नुहाई नयाँ दियो बालेर गोलो ढिक्री, बाबरी, जमरा, मदिरा र जल चढाएर पूजा कार्यमा सङ्लग्न भएको शुक्लाफाँँटा नगरपालिका–३ का सुमन चौधरीले बताए। 

“कुभिण्डोको भेडाको प्रतिमा स्थापना गरी पूजा गर्ने चलन पनि छ” उनले भने, “पूजा गरेपछि बर्तालुले भोजन ग्रहण गरेपछि रातभर नाचगान गरी देउता जगाउने गरिन्छ । जसलाई भेडुवा जगैना भन्ने गरिन्छ।”

रातभर जाग्नु पर्ने भएकाले नाचगान गरी रमाइलो गरिन्छ। बूढापाकाहरुले पुराना गीत गाउने र युवा युवतीले सखियालगायतका नृत्यमा नाच्ने गर्दछन। अष्टमीको राति नाचगान गरी नाच्नेले दसैँक दिन पहुरा (कोसेली) सहित बडघरको घरमा टीका थाप्ने चलन रहेको छ। 
 

कमेन्ट लोड गर्नुस