सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप छनोट : सेनेगल र घाना विजयी

२०७८ असोज २६, ०९:५४

एजेन्सी : फिफा विश्वकप फुटबलको अफ्रिकी छनोटमा सेनेगल विजयी भएको छ। 

मंगलबार भएको खेलमा सेनेगलका लागि फमरा डायधियोले ह्याट्रिक गरेको खेलमा नामिबिया ३–१ गोल अन्तरले पाराजित गरेको हो। नामिवियाका लागि पिटर सेलुयलले एक गोल फर्काए। 

२२ औं मिनेटमा फमराले गोल गर्दै सेनेगललाई शुरुआती अग्रता दिलाएका थिए। २७ औं मिनेटमा पिटरले गोल गरेपछि नामिवियाले बराबरी गर्न सफल भयो। त्यसपछि फमराले ५१ औं र ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा सेनेगल ३–१ गोल अन्तरले  विजयी भयो। 

यो नतिजापछि समूह एचमा रहेका सेनेगल १४ अंकका साथ शीर्ष स्थानमा  छ भने पराजत भएको नामिविया ४ अंकसहित दोस्रो स्थानमा रहेको छ। यस्तै समूह जीमा रहेको घानाले जिम्बाबेलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा राखेको छ। घानाको जितमा थोमस पार्टेले गरेको गोल नै निर्णायक बन्यो। 

यो नतिजापछि घानाले ४ खेलबाट ९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको ७ अंक रहेको छ।
 

कमेन्ट लोड गर्नुस