धनगढीमा खुल्यो एक करोडको लगानीमा साथी मार्ट
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/245057579_402415128192352_5207548531718223531_n.jpg?itok=Xh_1PAJK)
धनगढीः धनगढीमा एक करोडको लगानीमा साथी मार्ट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा उक्त मार्ट सञ्चालनमा ल्याइएको हो। किनमेल सहजका लागि मार्ट सञ्चालनमा ल्याइएको साथी सञ्चालक दिपक थापाले बताए।
सो क्षेत्रमा ठुलो मार्टहरु नहुँदा सेवाग्राहीलाई समस्या रहेको र सोही समस्या समाधानका लागि मार्ट सञ्चालनमा ल्याएको उनको भनाई छ। फुलपातिको अवसर पारेर उक्त मार्टको उद्घाटन वडा नम्बर ४ कै वडा अध्यक्ष दिपक थापाक्षेत्रीले गरेका थिए।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)