सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट साढे २ लाखसहित १२ जना जुवाडे पक्राउ

२०७८ असोज २४, १०:४६ खबर संवाददाता

दार्चुलाः दार्चुलामा झण्डै साढे २ लाखसहित १२ जना जुवाडे पक्राउ परेका छन्।

जिल्ला सदरमुकाम खलंगास्थित तिकंरखेडाका स्थानीय प्रेमसिंह बुढाथोकीको घरबाट उक्त रकमसहित १२ जुवाडे पक्राउ परेका हुन्। घरभित्र जुवा खेल भइरहेको विषेश  सूचनाको आधारमा छापा हान्दा  १२  जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका  प्रमुख  प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले जुवाघरमा छापा हान्दा  जुवाखालबाट  दुई लाख ३७ हजार तीन सय ९७ रुपैँया, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान फेला परेको  प्रहरी नायव उपरीक्षक भट्टले बताए।

दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवाखेल हुने गरेको छ। प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको र  आइतबार छापा हानेको  प्रहरी नायव उपरीक्षक  भट्टले बताए । जुवाडेहरुसंग सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  दार्चुलाले  जनाएको छ।
 

कमेन्ट लोड गर्नुस