साफ च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै
काठमाडौँ: नेपालले जारी साफ च्याम्पियन्सिपमा सुखद शुरुवात गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले र श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दुई खेल जितेर उत्कृष्ट शुरुवात गरेको हो।
यसैक्रममा आज नेपालले भारतको सामना गर्दै छ। खेल नेपाली समय अनुसार राति ९: ४५ मा हुदै छ। खेलको एक्शन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्दै छ।
अहिलेसम्म नेपाल २ खेलमा ६ अंकसहित शिर्ष स्थानामा रहेको छ भने बंगलादेशको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै माल्दिभ्सको २ खेलमा ३ अंक छ र तेस्रो स्थानमा छ भने भारतको २ खेलमा २ अंक रहेको छ।
त्यस्तै श्रीलंकाको ३ खेलमा एक अंक रहेको छ।
प्रतियोगितामा २ खेल जितिसकेको नेपाल र २ खेलमा बराबरी खेलेर दबाबमा रहेको भारत आइतबार आमनेसामने हुँदैछन्।
नेपालले फिफा वरियतामा १०७औ स्थानमा रहेको भारतसँग हालै दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेलेको थियो। भदौं १७ गतेको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो।
नेपाल र भारतबीच अहिलेसम्म २१ खेल भएका छन्। जसमा भारतले १४ खेल जितेको छ भने नेपालले २ खेल जितेको छ। त्यस्तै ५ खेल बराबरीमा सकिएका छन्।