कञ्चनपुरमा फेरि एक जना लागुऔषधसहित पक्राउ
धनगढीः कञ्चनपुरमा फेरि एक जना लागुऔषधसहित पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी कञ्चनपुरले बेलडाडी गाउँपालिका वडा नम्बर ५ झिलमिलाबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका गाउँपालिका वडा नम्बर ५ कै २२ वर्षिय झलक थापा रहेका छन्। उनको साथबाट चार ग्राम ब्राउन सुगर फेला परेको हो।
उनलाई कानूनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। उनको साथबाट साइकलसमेत बरामद गरिएको छ।