सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

२०७८ असोज २३, ०७:५२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

 जिल्लाको पुरनवास नगरपालिका वडा नम्बर ५ का २६ वर्षिय नरेश खड्का र २४ वर्षिय कृष्ण सार्की लागुऔषधसहित पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले पुनरवार नगरपालिका वडा नम्बर ४ को आनन्दबजारबाट उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई से ४ प ९६७८ को मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनीहरुको साथबाट नाइट्रोभेन १० नामक लागुऔषध बरामद गरिएको छ। दुबै जनालाई कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। 
 

कमेन्ट लोड गर्नुस