बझाङबाट महाधिवेशन प्रतिनिधिमा डेउडा गायक जोशी पराजित
२०७८ असोज २३, ०३:५८
धनगढीः डेउडा गायक नन्दकृष्ण जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। नेपाली कांग्रेसको बझाङ जिल्ला अधिवेशनमा जोशी महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिए। नेपाली काङ्ग्रेसमा देउवा निकट जोशीले ४०८ मत प्राप्त गरेका छन्। खस आर्य कोटामा १० जनाको उम्मेद्बारी रहेकोमा ४ जना निर्वाचित हुने व्यवस्था छ। जोशी खस आर्य कोटामा उम्मेदवार थिए।
काठमाडौं बस्दै आएका जोशीलाई देउवाका विश्वासपात्र पनि मानिन्छ। जोशी २ मत कम भएपछि पराजित भएका हुन् ।
कमेन्ट लोड गर्नुस