प्रदेशस्तरीय भलिबल प्रतियोगिताः उपाधिका लागि डडेल्धुरा र डोटी भिड्ने
धनगढीः धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको खेल फाइनलमा पुगेको छ। अहिलेसम्मको खेलमा सेमिफाइनलमा कैलालीलाई ३-१ ले पराजित गर्दै डोटी उपाधि नजिक पुगेको छ। यस्तै डडेल्धुराले पनि कञ्चनपुरलाई ३-२ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ।
उपाधिका लागि डडेल्धुरा र डोटी भिड्ने छन्। प्रतियोगिताको फाईनल खेल आजै केहिबेरमा हुदैछ। धनगढीमा जारी प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ। प्रतियोगिताको उपविजेतालाई नगद ५० हजारसहित ट्रफी दिइनेछ भने प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भइरहेको छ।